निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलबभत्ता उपलब्ध गराउन नसक्ने
काठमाडाैं | मंसिर ९, २०८१
काठमाडौं: निजी मेडिकल कलेजका सञ्चालकहरूले स्नातकोत्तर तहमा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने जनाएका छन् ।
पत्रकार भेटघाटमा उनीहरूले स्नातकोत्तर तहमा अध्ययन गर्ने सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताएका हुन् ।
चिकित्सा शिक्षा आयोगले भने विद्यार्थीलाई अधिकृत सरहको सेवासुविधा उपलब्ध गराउनका लागि निजी मेडिकल कलेजले स्नातकोत्तर तह पढाउनका लागि भर्नुपर्ने स्वमूल्याङ्कन फारम भर्नुपर्ने बताएको छ ।
एसोसिएसन अफ मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले स्नातकोत्तर तहका विद्यार्थीलाई सरकारी मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता उपलब्ध गराउन नसक्ने बताउनुभयो ।
उहाँले स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई कलेजमा काम गराएबापत केही सुविधा भने दिने बताउनुभयो । “विद्यार्थी पढाइसँगै केही सिक्न पनि आएका हुन् । त्यसैले सरकारी तलब सरह हामीले दिन सक्दैनौँ”, उहाँले भन्नुभयो ।
आयोगले कलेजहरूलाई भर्न पठाएको स्वमूल्याङ्कन फारममा विद्यार्थीलाई मासिक रूपमा आठौँ तह, मेडिकल अधिकृतको तलब सरह भत्ता उपलब्ध गराउने प्रतिबद्धता मागेको छ । त्यो भनेको रु ४८ हजार सात सय हो । निजी कलेजले भने मासिक रु २० देखि २५ हजारसम्म दिँदै आएको बताएका छन् ।
यस्तै, एसोसिएसनका उपाध्यक्ष डा बुद्धिमान श्रेष्ठले आफूहरूले आयोगले तोकेअनुसार मेडिकल अधिकृत सरहको तलब दिन नसक्ने बताउनुभयो ।
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...
पोखर: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पृथ्वीनारायण शाहको अगुवाईमा टुक्रे राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण भएको तथ्य बिर्सन नहुने बताउनुभएको छ । पृथ्वी जयन्ती...

